१६ दिने क्वारेन्टाइन बसाईपछि घर फर्किए १ सय ७५ जना नेपाली

फागुन १९, भक्तपुर । चीनको वुहानबाट उद्धार गरेर भक्तपुरमा क्वारेन्टाइनमा राखिएका नेपाली विद्यार्थीहरुले सोमबार आफ्नो घर जान पाएका छन् ।  भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा बसेको १६ दिनपछि उनीहरु आफ्नो घर जान पाएका हुन् ।   

नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका १ सय ७५ जना आफ्नो घर फर्किएका छन् ।   

यसअघि विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली आइतबार क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबरा घर फर्किएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *