तपाई सबैभन्दा आफु सुन्दर देखिन चाहनुहुन्छ? त्यसो हो भने यसरी देखिनुस् सुन्दर

काठमाडौं, असार ३१ । महिलालाई अरुभन्दा राम्री देखिन मन लाग्नु स्वभाविक नै हो । त्यसमाथि पनि तिजमा त झन् महिलाहरु कोभन्दा को कमजस्तै बन्ने गर्दछन् । तिज आउन लामै समय बाँकी छ तर पनि आजकल धेरै अगाडिदेखि तिज मनाउने चलन छ । पार्टीहरु पनि अगाडिदेखि नै हुन थाल्छन् ।

तिजको खास अवसरमा महिलाहरुले आफ्नो गरगहना, लुगा तथा मेकअपमा धेरै नै ध्यान दिने गर्दछन् । कतिपयले यस अवसरमा आफूलाई अब्बल देखियोस् भनेर ब्यूटिसियन तथा डिजाइनरहरुको मद्दत लिने पनि गर्छन् । आउँदै गरेको तिजको अवसरमा तपाईं पनि अरुभन्दा अब्बल देखिन चाहनुहुन्छ भने यस्ता उपाय अपनाउनुहोस् । तपार्इं सुन्दर मात्र होइन, अरुभन्दा अलग पनि देखिनुहुन्छ ।

तिजमा दुलहीसरह सुन्दर देखिन चाहनुहुन्छ भने गोल्डेन फाउन्डेशन प्रयोग गर्न सक्नुहुन्छ । यसलाई अनुहारमा लगाएर गिलो स्पन्जले दल्नुहोस् ।  मेकअप भन्दा पहिला सबैभन्दा महत्वको कुरा हो, अनुहारलाई राम्रोसँग सफा गर्नु । यदि सामान्य तरिकाबाट अनुहार सफा  हुँदैन भने दूधले मुख  धुँदा पनि सफा हुन्छ ।  आँखालाई सुन्दर देखाउन गोल्ड आई स्याडोको प्रयोग गर्नुहोस् । आँखामा गहिरो आई पेन्सीलको प्रयोग गर्नुहोस् ।

रातिको समयमा अनुहारमा गरेको मेकअपसँग लिपिस्टिकको म्याच हुनुपर्दछ र टोनको रङ एकै खालको हुनुपर्दछ । यदि तपाईले सुन्तला रङको लिपिस्टिक लगाउनुभएको भए गुलाबी ब्लसदेखि टाढै बस्नुहोस् ।  मेकअप गर्ने समयमा मोस्चर लोसनद्वारा मालिस गर्नुपर्दछ । तर पसिना धेरै आउँछ भने यसलाई छोडे पनि हुन्छ । यदि सुख्खा अनुहार छ भने यसको प्रयोगले अनुहारलाई फाइदा पुग्छ ।  तपाईको अनुहारमा भएको दाग तथा डन्डिफोर छोप्नको लागि कन्डिस्नरको प्रयोग गर्नुहोस् । त्यस्तो कन्डिस्नरको प्रयोग गर्नुहोस् कि तपाईको अनुहारमा मिलोस् । लुगा हेभी छ भने गाजल र लिपिस्टिकको प्रयोग गर्नुहोस् ।

मेकअपपछि कपालको पनि राम्रो ख्याल गर्नुहोस् । तपाई जति राम्रो मेकअप गर्नु भएपनि कपाल मिलेन भने राम्रो देखिँदैन । कपाल छोटो छ भने त्यसलाई खुल्ला नै छोड्नुहोस् । साथै कपाल डे«सअनुसार पनि मिलाउन सकिन्छ ।
एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *