प्रभु बैंकको चापागाउँमा शाखा कार्यालय सञ्चालन

 

साउन ३, काठमाडौँ । प्रभु बैंक लिमिटेडले ललितपुर जिल्लाको चापागाउँमा आफ्नाे १८८ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । 

यस बैंकले आफ्नाे शाखा विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको गोदावरी नगरपालिकावडा नं. १० स्थित चापागाउँमा आफ्नो १८८ औं शाखा कार्यालयको रुपमा चापागाउँ शाखा कार्यालय खोली आज देखी सञ्चालनमा ल्याएको हो । 

null

बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले विहान ११ः ०० बजे समुद्घाटन गरेका हुन् । बैंकको चापागाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगर प्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै प्रभु बैंकलाई सफलता प्राप्त होस् भनी मन्तव्य व्यक्त गरे । 

बैंकको चापागाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

बैंकको चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा चापागाउँ शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *