न्यायालय परिवर्तनको पक्षमा छैन, अझै प्रतिगामी छः पम्फा भुसाल

 

असार १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले अदालतको निर्णय परिवर्तन विरोधी रहेको भन्दै न्यायालय प्रतिगामी भएको आरोप लगाएकी छिन् । 

संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै सांसद भुसालले यस्तो आरोप लगाएकी हुन्। 

null

संसदीय समितिले लोकसेवाको विज्ञापन रद्द गर्न दिएको निर्देशन उल्ट्याएर सर्वोच्च अदालतले विज्ञापनअनुसार नै प्रक्रिया अघि बढाउन भनेपछि असन्तुष्टि पोखिन् । 

‘अदालतभित्र मान्छे कस्ता छन्, म त्यता जान चाहन्नँ । तर, जुनरुपले यसले काम गरिरहेको छ यो परिवर्तनको पक्षमा छैन । मलाई लाग्छ, परिवर्तनले नछोएको एक निकाय न्यायलय हो, जो अझै पनि प्रतिगामी छ’, उनले भनिन् । 

लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहका लागि विज्ञापन खुलाएको थियो। 

९ हजार १ सय ६२ पदका लागि खुलाइएको विज्ञापन पूरानै व्यवस्थाअनुरुप आएको भन्दै चौतर्फी विरोध भएको थियो । सर्वोच्चले लोकसेवाकै पक्षमा फैसला गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *