बुढासुब्बा प्रवर्द्धन कपमा पत्रकार महासंघ सुनसरी विजयी

 

माघ १४, धरान । सुनसरीको धरानमा आउँदो माघ २५ गतेबाट हुन गइरहेको बुढासुब्बा रेडबुल गोल्डकप प्रवद्र्धनका निम्ती गरिएको फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा नेपाल पत्रकार महासंघ सुनसरी विजयी भएको छ । 

एन्फा टेक्नीकल सेन्टरको खेलमैदानमा बिहान ८ बजे भएको खेलमा पत्रकार महासंघ सुनसरीको टीमले ट्राईबरेकरमा बराह ज्वेलरीलाई ४–१ गोलले पराजित गरेको हो । 

null

६० मिनेटको खेलमा दुबैटीमबाट निकै प्रतिष्पर्धा भएपनि कुनैपनि टीमले गोल गर्न नसक्दा खेल सिधै ट्राईबरेकरमा गएको थियो । 

जहाँ पत्रकार महासंघको तर्फबट रामकृष्ण खड्का, बुद्रोष लिम्बु, विकास राई, किशोर राईले गोल गरेका थिए भने बराहको तर्फबाट प्रबिण बिकले एक मात्र गोल गरेका थिए । त्यस्तै बराहकै खेलाडी नविन बिक र राजु गुरुङले प्रहार गरेका बल महासंघका गोल किपर बिक्की श्रेष्ठले बचाउ गरेपछि महासंघ जित निकाल्न सफल भएको हो । 

आजको खेलको म्यान अफ द म्याच महासंघका गोल किपर बिक्की श्रेष्ठ घोषित भए भने उनले मेडल सहित ५ सय रुपैयाँ प्राप्त गरेका छन् । भोली मंगलबार हुने खेलमा धरान नगर खेलकुद विकास समिति र उद्योग वाणिज्य संघबिच बिहान ८ बजे खेल हुने आयोजकले जनाएको छ । 

खेलमा प्रथम हुने कर्परेट हाउसको टिमलाई ३० हजार रुपैयाँ र दोस्रो हुने टिम लाई १५ हजार रुपैयाँ प्रदान गरिने छ । खेलमा उत्कृष्ट विधाका खेलाडीले पनि नगद रुपैयाँ पाउने छन् । 

उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट स्कोर ल्याउनेले ३ हजार, उत्कृष्ट गोल किपरले २ हजार, उत्कृष्ट डिफेन्डरले २ हजार, उत्कृष्ट फोरवार्डले २ हजार र उत्कृष्ट मिडफिल्डरले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *