विराटनगरमा जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम
असोज ५, विराटनगर । विराटनगरमा जितिया पर्वको अवसरमा आयोजित १४ औं जितिया तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राजवशी महिला जितिया समिति द्वारा आयोजित कार्यक्रममा गाँउ, टोल, तथा वडाका थारु, राजवशीं, अल्पसंख्यक समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।
राजवशीं महिला जितिया समाजको अध्यक्ष सुशीला राजवशींको अध्यक्षतामा र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा वडा नं ११ र १२ का वडाध्यक्षद्धय तिर्थेन्द्र न्यौपाने, हिरालाल कामुद, र अतिथिहरु राजवंशी समाजका केन्द्रीय अध्यक्ष मुनेश्वर मण्डल, राजवशीं युवा समीतीका केन्द्रीय अध्यक्ष कुसेश्वर राजवंशीलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना दिँदै महानगर प्रमुख भीम पराजुलीले तराईबासीहरुको सँस्कार प्रति चासो दिँदै जितिया पर्व एकता र संस्कृतिका लागि महत्वपूर्ण रहेको बताए । आफ्नो भेषभूष, भाषा, संस्कृति र रहनसहनलाई संरक्षण गर्दै जानुपर्ने बताए ।
null
कार्यक्रममा आफ्नो पहिचान झल्काउने जातिय भेषभूषाका साथमा साँस्कृतिक कार्यक्रम साथै जितिया विशेष नाटक प्रस्तुत गरिएको थियो ।