कमल थापा भन्छन्– राजसंस्था बोकेर हिँड्नु संवैधानिक अधिकार हो

 

साउन २४, धुलिखेल । राप्रपाका अध्यक्ष कमल थापाले राप्रपालाई सत्तारुढ नेकपा र कांग्रेसको वैकल्पिक शक्तिको रुपमा स्थापित गरेरै छोड्ने दाबी गरेका छन् । 

राप्रपाको प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको काभ्रेमा उदटनका क्रममा अध्यक्ष थापाले शक्तिका रुपमा कांग्रेस र कम्युनिष्ट पटक–पटक असफल भएको भन्दै वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरेरै छाड्ने दाबी गरेका हुन् । 

null

कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको पनि बताए । 

यस्तै उनले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेकाले राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको धारणा राखे । यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता रहेकाले २०७६ साललाई सङ्गठन निर्माण वर्ष घोषणा गरिएको बताए । 

उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताए । 

राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको भन्दै थापाले संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएकोमा राप्रपाकै कारण परिवर्तनीय बनाइएको दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *