म्याद सकिन लाग्दा वल्ल काम सुरु

वैशाख ११, चितवन । निर्माण सम्झौताको म्याद सकिन लाग्दा चितवनको खैरहनी स्थित चैनपुर चोकदेखी उत्तर तर्फको सडक मर्मतको प्रक्रिया सुरु गरिएको छ । 

 

चैनपुर चोकदेखी शिवालय चोक सम्मको सडक मर्मतका लागि कुसुम एण्ड कन्स्ट्रक्सनले जिम्मा पाएको छ । सडक मर्मतका लागि गत फागुन १४ गते कुसुम एण्ड कन्स्ट्रक्सनसंग सम्झौता भएको थियो । सम्झौता म्याद यही वैशाख १४ गते सकिदैछ । 

null

निर्माणको जिम्मा पाएको कुसुम एण्ड कन्स्ट्रक्सनका संचालक कुसहरी थापाले निर्माण सामाग्री अभावका कारण समयमै काम सुरु हुन नसकेको स्वीकार गरे । योजना सम्झौताका वेला निर्माण सामाग्री अभाव थियो कुसुम एण्ड कन्स्ट्रक्सनका संचालन थापाले भने अहिले ग्रावेल विछ्याउने काम धमाधम भईरहेको छ । 

सडक वोर्डको मर्मत सम्भार योजना अन्र्तगत ४२ लाख ४२७ रुपैया निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । म्याद सकिन लाग्दा निर्माणको काम शुन्य रहेपछि केही दिनअघि खैरहनी नगरपालिकाले निर्माण व्यवसायीहरुको वैठकनै राखेर समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएको थियो । नगरपालिका मार्फत निर्माणको जिम्मा पाएका अन्य केही योजनाहरुको कामलाई गति दिन नसकेपछि खैरहनीका मेयर लालमणी चौधरीले समयमै गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए । 

नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर राजेश कोईरालाका अनुसार नगरमा ३ र ४ को वडा कार्यालय भवन निर्माण, वडा नम्वर २ र ३ लाई जोड्ने पटिहानी पुल निर्माण, खैरहनी १० को खरखुट्टेको पुल निर्माण, नगरपालिका परिसरमा सभाहल निर्माणको काम भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *