आज युएईसँग नेपालले सामना गर्दै

काठमाडौं,असार ३१ । एएफसी यू–२३ च्याम्पियनसिप छनोट चरणको उद्घाटन खेलमा नेपाली टोलीले शनिबार घरेलु टोली युएई विरुद्ध खेल्दैछ । नेपाल र युएईबिचको खेल नेपाली समयअनुसार रातको ८ः१० बजे सुरु हुने भएको छ ।

नेपालका प्रशिक्षण राजुकाजी शाक्यसहित नेपाली टोली बिहीबारै युएई पुगिसकेको छ ।
नेपाली टोलीका कप्तानी विमल घर्तीमगर रहेका छन भने छनोट चरणमा नेपालले युएईका साथै उज्वेकिस्तान र लेबनानसँग खेल्नेछ ।

उक्त खेलका लागि चार टोली सम्मिलित रहेछन् । यो समूहबाट शीर्ष स्थानमा रहने टोली युथ एसियन च्याम्पियनसिपका लागि सोझै छनोट हुनेछ ।
यसअघि नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई १–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *