मेलम्ची तालामाराङ बजारमा आगलागी हुँदा २० लाखको क्षति
मकालु खबर
२०७६ माघ ६ गते
माघ ६, सिन्धुपालचोक । सोमबार बिहान सिन्धुपालचोकको मेलम्चीमा आगलागीमा हुँदा करिब २० लाखको क्षति भएको छ ।
प्रहरीका अनुसार मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको एक घरमा अगलागी हुँदा करिब रु २० लाख बराबारको क्षति भएको हो ।
पीडित दीपेन्द्र तामाङका अनुसार ग्यास चुहिएर शुरु भएको आगलागीबाट घर र पसलको भौतिक सामान जलेर उक्त रकम बराबरको क्षति हुन पुपुगेको हो ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको छ ।
मकालु खबर
२०७६ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित