काेराेना त्रासः लकडाउन काठमाडौं घुमेर हेर्दा (फोटो फिचर सहित)

चैत्र ११, काठमाडौं । सरकारले आजदेखि गरेको लक डाउनले राजधानी चकमन्न छ । कोरोना भाइरस सन्त्रासका कारण सरकारले अत्यावश्यक काममा वाहेक घर बाहिर ननिस्कन भनेपनि राजधानी सुनसान भएको हो ।   

हिजोबाट सरकारले आधिकारिक रुपमै एक साताकालागि लक डाउन गरेपछि राजधानीमा अत्यावश्यक वाहेकका सवारी चल्न सकेका छैनन् । नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, न्यूरोड, दरबारमार्ग, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौशाला, तिनकुने जस्ता क्षेत्र सुनसान जस्तै छन् ।   

केही स्थानमा अत्यावश्यक कामले मोटरसाइकल, ट्याक्सी र केही निजी कारहरु चलेपनि सार्वजनिक यातायातका साधन र निजी सवारी पूर्ण रुपमा निषेध गरिएको छ । 

केही चौकहरुमा फाट्टफुट्ट हिँडेका पैदल यात्रुहरुलाई सुरक्षाकर्मीहरुले सोधखोज गर्दै फर्काइ दिएका छन् । चौकचौकमा प्रहरीले सवारी आवागमनमा रोक लगाएको छ । गौशाला, नयाँ बानेश्वर, मैतिदेवी, पुतलीसडक जस्ता क्षेत्रमा प्रहरीले बार लगाएर आवातजावतमा रोक लगाएका छन् ।   

सडकहरु, गल्लीहरु सुनसान हुँदा राजधानीको वातावरण शान्त छ । केही स्थानमा मेडिकल पसलहरु खुलेपनि कतिपय स्थानमा बन्द गरिएका छन् । मानिसहरु प्राय सडकमा हिँड्दा मास्क लगाएर हिँडेका छन् ।   

ठाउँठाउँमा स्थानीय संघ संस्थाहरुले ब्यवस्थापन गरिदिएका साबुन पानी र सेनिटाइजरले हात धोइरहेको पनि देखिन्छ ।   

हेर्नुहोस लकडाउन काठमाडौंका तस्विरहरुः   

तस्विर, सागरबाबु भट्ट/सिआर बस्नेत 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *