भारतबाट पत्र आउनु सामान्य कुरा होः सञ्चारमन्त्री

असार २४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विषदी परीक्षण स्थगित गर्न भारतीय दुतावासबाट पत्र आएको स्वीकार गर्दै यसलाई अन्यथा लिन नहुने स्पष्ट पारेका छन् । 

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकार गर्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् । 

‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने भइरहन्छ । त्यसमा आ–आफ्नो चासोका विषयहरु पनि हुन सक्छन् । यी सामान्य कुरा हुन् । त्यसलाई अन्यथा लिन हुँदैन’, मन्त्री बाँस्कोटाले भने । 

null

मन्त्री बाँस्कोटाले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको भन्दै आयातित तरकारी तथा फलफूलमा हुने विषाधि परीक्षणका लागि आवश्यक व्यवस्थापन गर्ने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *