कंगनाले एक भिडियो सार्वजनिक गर्दै आफुलाई बहिष्कार गर्न आग्रह गरिन्

 

असार २७, भारत ।  अभिनेत्री कंगना रनावत र रंगपत्रकार बिच ‘जजमेन्टल हे क्या’को गीत सार्वजनिक कार्यक्रममा चर्का चर्की परेको थियो । यस विवादलाई लिएर एन्टरटेनमेन्ट जर्नालिस्ट गिल्ड अफ इन्डियाले निर्माता एकता कपूरलाई एक पत्र लेख्दै कंगनाको फिल्मलाई बहिष्कार गर्ने धम्किका साथ माफी माग्न आग्रह गरेका थिए । 

जजमेन्टल निर्माण टिमको तर्फबाट एकताले माफी मागिसकेकी छन् । तर कंगनाले आफुलाई बहिष्कार गर्न आग्रह गर्दै एक भिडियो सार्वजनिक गरेकी छिन् । उनले भिडियोमा भनिन, ‘नमस्कार, म आज भारतिय मिडियाको बारेमा केहि कुरा गर्न चाहन्छु । तर हरेक ठाउँमा असल व्यक्तिको साथै नराम्रो व्यक्ति पनि हुन्छन । मलाई कुनै मिडियाले प्रोत्साहित गरेको छ । 

null

 

उनीहरुको सल्लाह सुझावले मैले सफलता हाँसिल गरेको छु । मेरो सफलतामा मिडियाको पनि हात छ र त्यसको लागि म सधैं आभारी छु । तर केहि मिडियाले देशको गरिमा र अस्मिता माथि आँच पुराएका छन् । अहिलेको मिडिया अफवाह फैलाउन लागि परेका छन् । आफनो कूविचार र देशद्रोहिताको विचार खुलेआम सबैको सामु राख्छन् । यसको विरुद्धमा हाम्रो देशमा न कुनै संविधान छ न त सजाय छ । यो कुराले मलाई निकै दुखि तुल्याएको छ । यो ढोगी मिडियाले धार्मिक कुरालाई लिएर देशको एकतामा प्रहार गरेका छन् ।’ 

उनले भनिन, ‘मैंले यस्तै पत्रकार केहि दिन अगाडी प्रेस मिटमा पनि भेटेको थिए । मैले वातावरण दिवसमा प्लास्टिकको प्रयोग विरुद्ध काम गरेको थिए । उसले मेरो खिल्ली उडाएको थियो । मैले एक शहिदको फिल्म बनाए त्यो फिल्मको नामको पनि खिल्ली उडाएका थिए । सबैलाई तर्क वितर्क समिक्षा र विचार राख्ने हक छ । तर उसले निकै नराम्रो तरिकाले समिक्षा गरेको थियो । यस्तो पत्रकारहरु सित्तैमा खाना खानको लागि मात्र प्रेस मिटमा आउछँन् । तपाईहरुको आफुलाई कुन हकले पत्रकार भन्नु हुन्छ । तपाईले लेखेको ब्लग मलाई पठाउनु होस् ताकि म तपाईहरुलाई पत्रकार भन्न सकुँ ।’ 

उनले थप्दै भनिन्, ‘मैले त्यस पत्रकारलाई जवाफ दिन अस्विकार गरेको थिए । तीन चारजना मिलेर मेरो विरुद्ध गिल्स बनाएका छन । यस संस्थाको कुनै मान्यता छैन । उनीहरुले मलाई धम्काउन सुर गरेका छन् । फिल्मको ब्यान्ड गर्छौ । फिल्मलाई कभरेज दिदैनौं, मेरो करियर बर्बाद गर्दिन्छौ । यस्ता पत्रकारलाई किन्न लाखौं खर्च गर्न पर्दैन । ५०–६० रुपैयाँमै बिक्छन् । म तपाईहरुलाई हात जोडेर भन्छु प्लीज मलाई ब्यान्ड गर्नुस् । म चाहन्न कि मेरो कारण तपाईहरुको घरको चुलो बल्योस् । तपाईहरु मलाई यो भन्दा सहज केहि गर्न सक्नु हुन्न । मेरो फिल्म ‘मर्णिकर्णिकाङ्कले डेढ सय करोड कमाएको थियो त्यसमा मलाई गर्व छ ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *