ललितपुर महानगरपालिकाले ल्यायो विकासका लागि २ अर्ब ८० करोड बजेट

काठमाडौं,असार ३१ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४ र ७५ को बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले ३ अर्ब २२ करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शनिबार आयोजित नगरसभामा ललितपुरका मेयर चिरीबाबु महर्जनले ३ अर्ब २२ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । चालू खर्चका लागि ४३ करोड १२ लाख रुपैयाँ र विकास खर्चका लागि २ अर्ब ८० करोड रुपैयाँको रहेको छ ।

महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने र वैकल्पिक उर्जाको प्रवर्द्धनलाई प्राथमिकता दिने बजेट प्रस्तुतका क्रममा भनिएको छ । त्यस्तै, राजधानीको सांस्कृतिक सम्पदाको पुनर्निर्माण, पर्यटनको माध्यमबाट आथिर्क विकास र बाल तथा वातावरणमैत्री स्थानीय शासन एबम् पूर्ण सरसफाईलाई बजेटमा विशेष प्राथमिकता राखिएको छ ।

महानगरपालिका प्रमुख महर्जनले अबको ५ वर्ष ललितपुर महानगर सुधार र विकासको वर्षहरु हुने खालका बजेट आएको बताए । उनले वडा कार्यालयहरुलाई नै नागरिकको सेवाको प्रमुख केन्द्र बनाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *