मोरङ र सुनसरीका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

विराटनगर, १३ जेठ । । मोरङको बुढीगंगा गाँउपालिका–१ र विराटनगर महानगरपालिकाको सीमाक्षेत्रमा सोमबार प्रेसर कुकर बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, बुढीगंगा गाँउपालिका १ स्थित धरान विराटनगर राजमार्गबाट पूर्वतर्फ जाने कच्ची सडक पहाडगछ मार्गको मोडमा कुकर बम फेला परेको हो । 

बम फेला पारिएको स्थान विराटनगरको मुख्य प्रवेशद्वार र बुढीगंगा गाँउपालिकाको सीमाक्षेत्र रहेको छ । बिहानै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको निगरानीमा रहेको सो वस्तुको यकिन गर्नका लागि मोरङको थलाहास्थित नेपाली सेनाको सूर्यदल गणबाट बम डिस्पोजल टोली आउदै गरेको प्रहरीले जनाएको छ । 

 

null

सरकारविरुद्ध आफ्नो आन्दोलन जारी राखेको बताउँदै आएको नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा माओवादीले सोमबार नेपाल बन्दको आव्हान गरेको छ । सोही क्रममा बम राखिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । बन्दका क्रममा लामो तथा छोटो दूरी यातायात ठप्प रहेको छ । त्यसैगरि, शैक्षिक संस्थापनि बन्द रहेको छ । 

त्यसैगरि, मोरङकै सुन्दरहरैंचा नगरपालिकाको गछियास्थित पूर्वपश्चिम राजमार्गमा समेत शंकास्पद वस्तु फेला परेको छ । राजमार्गमा रहेको विद्युतको खम्बानजिक सो बस्तु फेला परेको र सुरक्षा निकायले घटनास्थलमा निगरानी राखेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *