‘सारेगमप लिटल च्याम्प्स’मा तेस्रो भए प्रितम आचार्य

 

जेठ २६, काठमाडौं । भारतीय कला क्षेत्रमा एक पछि अर्को नेपालीले तहल्का मच्चाउने क्रममा इटहरीका प्रितम आचार्यले पनि अर्को तहल्का मच्चाएका छन् । भारतीय टेलिभिजन च्यानल ’जिटिभी’ बाट प्रसारण हुँदै आएको ‘सारेगमप लिटल च्याम्प्स’ को आइतबार फाइनलमा इटहरी ५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन् । 

छ जनाको ‘टप ६’ मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न नसकेपछि प्रितम भने तेस्रो हुन सफल भए । प्रतियोगिता सुगन्धा दातेले जितिन भने मोहम्मद कैफ दोस्रो भए । 

null

कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र ‘सेलेब्रिटी’ पाहुनाहरूको मन जित्दै आएका थिए । उनले गाएको ’सन्देशे आते हैं’ र ’तडप तडपके’ गीत खुबै शोमा सर्वाधिक रुचाइएको थियो । 

प्रितमलाई कान्तिपुर टेलिभिजनले २०६२ मा सञ्चालन गरेको ‘सुरशाला आइडल जुनियर’ को प्रतिस्पर्धामा समेत भाग लिएका थिए । प्रितम सुरशालाको फाइनलसम्म पुगेर ‘फस्ट रनरअप’ भएका थिए । उक्त प्रतियोगितामा विजयी भएका थिए आयुष केसी । 

२०६५ सालमा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । उनी कक्षा ६ मा अध्ययनरत छन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *