प्रतिनिधिसभाको बैठक बस्दै, यी ४ मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ

 

फागुन ६, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ । 

आजको बैठकमा चार मन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय भएको छ । रक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु सोधिने र मन्त्रीहरुले ती प्रश्नका उत्तर दिनेछन् । 

null

त्यस्तै आजको संसदमा ‘लोक सेवा आयोग विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कांग्रेस सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । भने प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोग विधेयक, २०७५’ प्रस्तुत गर्नेछन् । 

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘संघीय निजामती सेवा विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, अर्थ मन्त्री डा. युवराज खतिवडाले ‘अर्थ समितिको प्रतिवेदन सहित लेखापरीक्षण विधेयक, २०७५ माथि छलफल गरियोस्’, ‘लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम निर्धारण गरिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री श्री चक्रपाणी खनालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहित जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै उनले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *