भोलिदेखि ‘एनआईसी एशिया ब्यालेन्स फन्ड’ बिक्री खुल्ला गरिने

 

साउन ७, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘एनआर्ईसी एशिया ब्यालेन्स फण्ड’ भोलिदेखि बिक्री खुल्ला गर्ने भएको छ । 

मंगलबार पत्रकार सम्मेलन गर्दै एनआईसी क्यापिटलले १० करोड ६२ लाख ५० हजार कित्ता (इकाई) को निष्काशन तथा बिक्री खुल्ला साउन ८ (भोलि) देखि गर्ने जानकारी गराएको हो । 

null

माग गरेबमोजिमको आवेदन प्राप्त भएमा उक्त ईकाईको निष्काशन साउन १२ गते बन्द हुनेछ । प्राप्त मात्रामा आवेदन नपरेमा इकाईको निष्काशन तथा बिक्री खुल्ला भदौ ५ गतेसम्म रहने एनआईसी क्यापिटलले जानकारी दिएको छ । 

न्यूनतम १ हजार देखी साढे १७ करोड रुपैयाँसम्म आवेदन बुझाउन सक्ने व्यवस्था गरिएको छ । फण्डले लगानीकर्तालाई पहिलो वर्षमा नै ९ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रतिबद्धता पनि जनाएकाे छ ।  

एनआइसी एशिया बैक म्युचुअल फण्ड अन्र्तगत सञ्चालन हुने दोश्रो बन्दमुखी योजनाको प्रति कित्ता १० रुपैयाँका दरले १२ करोड ५० लाख कित्ताको १५ प्रतिशत ईकाइ कोष प्रवद्र्धकमा रहनेछ । एकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

विषेश पत्रकार सम्मलेनमा बोल्दै एनआईसी एशिया क्यापिटल फण्डका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले भने(‘हामी सूचना जारी गरेको छोटो समयमै इच्छुकहरु धेरै देखिनु भएको छ, यसको प्रभाव देशको अर्थतन्त्रसम्म पर्नेछ ।’ उनले अहिलेको समय शुद्ध बचतका लागि मात्र नभएर लगानीको लागी समेत भएकोमा जोड दिए । साथै २, ३ बर्ष अगाडिको अर्थ बजार हालको बजारमा रहेको भिन्नतामा उनले जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *