पाइपलाइनबाट अमलेखगन्ज आइपुग्याे तेल

साउन ३, काठमाडौं । नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमा पहिलो पटक पठाइएको डिजेल अमलेखगन्ज आइपुगेको छ । 

शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । साउन १५ भित्रै औपचारिक उद्घाटनका लागि तयारी गरिरहेको पनि उनले बताए । 

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने गरी गृहकार्य अघि बढेको छ । उद्घाटन मिति, समय र कुन स्तरका अधिकारीले गर्ने भन्ने विषय टुंगो लगाउन दुवै देशका कर्मचारी सम्मिलित कमिटी नै बनेको छ । सो कमिटीको पहिलो बैठक बसिसकेको छ । 

null

स्रोतका अनुसार १५ अगस्ट ९३०० साउनभित्रै उद्घाटन गर्ने गरी दुवै देशका प्रधानमन्त्रीको समय मिलाउने प्रयास भइरहेको छ । दुवै देशका प्रधानमन्त्री एकै ठाउँमा उभिएर स्विच थिचेर उद्घाटन गराउन कमिटी क्रियाशील छ ।  

नेपाल–भारत क्रसबोर्डर पाइपलाइन निर्माणका लागि सन् २००४ मा आइओसी र निगमबीच सम्झौता भएको थियो । त्यसको एक दशकसम्म बहसमा सीमित भयो । ७ भदौ ०७२ मा पाइपलाइन निर्माणका लागि भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका तर्फबाट तत्कालीन आपूर्तिमन्त्री सुनील थापाबीच काठमाडौंमा सम्झौता भएको थियो । लगत्तै मधेस आन्दोलन र भारतको नाकाबन्दीले परियोजना अघि बढ्न सकेन । 

पुस ०७४ बाट आइओसीले मोतिहारी डिपोबाट निर्माण सुरु गरेको थियो । त्यतिवेला नेपालपट्टि पनि निर्माण सुरु गराउन विभिन्न सामग्री आइओसीले खसालिदिएको थियो । निर्माण सुरु भएको तीन महिनापछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएका वेला समकक्षी नरेन्द्र मोदीसँग मिलेर शिलान्यास गरेका थिए । १८ महिनामा (असार, ०७६) मा पाइपलाइन तेल आयातका लागि तयार भएको छ । 

पाइपलाइन निर्माण गर्न दुई अर्ब भारु लाग्ने अनुमान गरिएको थियो । सो रकम आइओसीले व्यहोर्ने सम्झौता भएको थियो । पाइपलाइनबाट तेल खसाल्न मिल्ने गरी अमलेखगन्ज डिपो सुदृढीकरण गर्न थप ७५ करोड रुपैयाँ लाग्ने र उक्त रकम नेपालले व्यहोर्ने भनिएको थियो । तर, डिपो सुदृढीकरणसहित सबै खर्च आइओसीले व्यहोरेको छ । कुल खर्च ३ अर्ब २४ करोड भारु देखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *