सुर्खेतमा विप्लवका कार्यकर्ताले जलाए यात्रुवाहक बस

सुर्खेत, १३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले सोमबार बिहान गोचेखोलामा आगजनी गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *