कांग्रेसद्वारा संसदमा नाराबाजी, बैठक स्थगित

  

असार ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको मंगलबारको बैठक अवरुद्ध पारेको छ । 

मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले रोष्टम घेरेर संसद अवरुद्ध गरेका हुन् ।  

null

आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने कार्यक्रम तय भएको थियो ।  सभामुख कृष्णबहादुर महराले बैठक सुरु हुनासाथ प्रधानमन्त्रीले बोल्न समय माग गरेको जानकारी गराएका थिए । त्यसपछि प्रधानमन्त्रीले सम्बोधन गर्न नपाउँदै कांग्रेस सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी सुरु गरेका छन् । 

सभामुख महराले पहिले प्रधानमन्त्रीको कुरा सुनेपछि मान्य सदस्यहरुले बोल्न पाउनु हुनेछ म प्रमुख प्रतिपक्ष दलका सांसदहरुलाई समय दिन्छु भनेर पटक पटक अनुरोध गर्दा पनि सांसदहरुले नाराबाजी जारी राखेका छन् । 

कांग्रेसले नाराबाजी कायमै राखेपछि बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *