प्रचण्डको गुनासोः अन्तर्राष्ट्रिय सम्बन्धबारे मैले बोलेकोभन्दा फरक कुरा बाहिर ल्याइयो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतिजामुखी काम गर्न सरकार कटिबद्ध रहेको बताएका छन् ।   

इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले देश विकासको गतितर्फ अगाडि बढेको बताए । अध्यक्ष प्रचण्डले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुने भन्दै जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने बताए ।   

उनले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए  । ‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु’, उनले भने, ‘कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोलेँ भन्नु निराधार हुन्छ ।’ 

null

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए ।  

उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *