राजस्व चुहावट मुद्दा परेका फरार प्रतिवादी पक्राउ
मकालु खबर
२०७६ साउन १५ गते
साउन १५, काठमाडौं । राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ सुकेधाराबाट उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । मकवानपुर जिल्ला अदालतमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार प्रतिवादी भएकाले श्रेष्ठलाई आवश्यक कारवाहीका लागि आजै हेटौँडा पठाईएको महाशाखाले जनाएको छ । रासस
null
मकालु खबर
२०७६ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित