आत्मघाती गोलबाट पछाडी परेको युभेन्ट्सले रोनाल्डोको पेनाल्टीमा गोल जित्यो

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई २-१ ले हराएको हो । 

लाजियोको मैदानमा आत्मघाती गोलबाट पछाडी परेको युभेन्ट्सले पुनरागमन जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा इम्री कानको आत्मघाती गोलबाट लाजियोले सुरुवाती अग्रता बनाएको थियो ।तर, त्यसपछि युभेन्ट्स खेलमा फर्कियो ।  

खेलको ७४ औं मिनेटमा जोआओ कानसेलोले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पाएको पेनाल्टी अवसरमा गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए । 

null

 

जितसंगै युभेन्ट्सले लिगमा ११ अंकको अग्रता बनाएको छ । लिगमा अपराजित रहेको युभेन्ट्सले २१ खेलबाट ५९ अंक जोडेको छ । दोस्रो स्थानको नापोली ४८ अंक छ । पराजित लाजियो ३२ अंक जोडेर आठौं स्थानमा छ । 

सिरी ‘ए’ अन्तर्गत नै अर्को खेलमा इन्टर मिलान टोरिनोसंग १-० ले पराजित भएको छ । रोमाले एटलान्टासंग ३-३ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *