६० हजारले पाए राष्ट्रिय परिचयपत्र

वैशाख ३१, चितवन । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी दिन वर्ष भित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने जनाएको छ । 

 

विभागले मंगलवार चितवनको सौराहामा आयोजना गरेको अर्न्तक्रिया कार्यक्रममा विभागका महानिर्देशक दिपक काफ्लेले सवैको हातमा राष्ट्रिय परिचयपत्र प्राप्त हुने वताए । चालु आर्थिक वर्षमा पाँचथरबाट परिचय पत्र वितरण सुरु भईसकेको छ । 

null

पाँचथरमा ६० हजार जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेको महानिर्देशक काफ्लेले जानकारी दिए । यो वर्ष चितवन सहित १५ जिल्लामा परिचय वितरणको काम सुरु भएको विभागका निर्देशक जनकराज भट्टले वताए । चितवनमा जेठ भित्र विवरण संकलनको काम सुरु हुने भट्टले जानकारी दिए । 

राज्य पुर्नसंरचना सँगै यो विभाग पनि नयाँ हो । विभागले परिचयपत्र वितरणदेखी सामाजिक सुरक्षा भत्ता वितरणको काम गर्नेछ । विभागका महानिर्देशक काफ्लेका अनुसार यस वर्ष ४२ अर्व रुपैया सामाजिक सुरक्षा भत्ता वितरणमा मात्रै खर्च हुने वताए । सरकारको निति तथा कार्यक्रमले भत्ता वढ्ने संकेत गरेकाले आगामी वर्ष ६० देखी ६५ अर्व सम्म सामाजिक सुरक्षामा खर्च हुने काफ्लेले जानकारी दिए । 

कार्यक्रममा विदेशीलाई पनि राष्ट्रिय परिचयपत्र प्रदान गर्ने तयारीको भने सहभागीहरुले विरोध जनाए । विदेशीलाई राष्ट्रिय परिचयपत्र दिने विषय वहसको रुपमा छ भने निर्णय भने भईसकेको छैन् । 

कार्यक्रममा उपभोक्ता अधिकार संरचना मञ्चका पुष्पराज शर्मा, भ्रष्टचार विरुद्धका अभियन्ता उद्योग कुमार पिया लगायतले विदेशीलाई यहाँको परिचयपत्र दिन नहुने धारणा राखे । सो अवसरमा विभागका महानिर्देशक काफ्लेले विदेशीलाई परिचय पत्र दिने विषयमा छलफलको चरणमा रहेकाले राय सुझाव संकलनको काम भईरहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *