स्थायी समितिमा ओली–प्रचण्डले आइतबार जवाफ दिने

 

पुस ६, काठमाडौँ । गत शनिबारदेखि जारी नेकपा स्थायी समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आइतबार दिने भएका छन् । 

२९ मंसिरदेखि जारी बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी नै छ । स्थायी समितिका सदस्यहरुले बोल्ने क्रम सकिएपछि पर्सि अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो धारणा राख्ने तथा सदस्यहरुले राखेको प्रश्नका जवाफ दिने भएका हुन् । 

null

आजको बैठकमा स्थायी समितिका ७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् भने बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्नेछन् । 

जारी बैठकमा अध्यक्षद्वय ओली र दाहाल निकटका नेताले पार्टी नेतृत्व र सरकारको बचाउ गरेका छन् भने संस्थापनइतर पक्षका नेताले विरोध गरेका छन् । पार्टी नेतृत्व र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संस्थापनइतर पक्षका नेताले चर्को विरोध गरेका हुन् । 

छलफलका क्रममा अधिकांश सदस्यले सरकार तथा पार्टी नेतृत्वको गतिहीनता र कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन् भने बचाउमा लागेका सदस्यहरुले सरकारले राम्रो काम गर्दासमेत त्यसको उच्चारण नहुने गरेको भन्दै गुनासो समेत गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *