कता छन् डीआइजी नवराज सिलवाल ? यता,एआइजीमा चन्दसहित ११ जना भर्ना हुन आँटे

काठमाडौं, असार ३१ । आइजीपी बन्न निकै कसरत गरेका डीआइजी नवराज सिलवाल अहहिले गुमनाम जस्तै छन् । उनको अत्तोपत्तो केही थाहा भएको छैन । तर,यता,प्रहरी प्रधान कार्यलयले ११ जना डीआइजीलाई एआइजीमा बढुवा गर्ने भएको छ ।यससँगै , डीआइजी तथा यसअघि आइजीपीका दाबेदारी नवराज सिलवालको नाम उल्लेख भएको छैन ।

गृहमन्त्रालयले हिजो शुक्रबार ११ जना डीआइजीलाई एआइजीमा सरुवा गर्न सिफारिस गरेको हो । सिफारिस गरिएको सूचीमा क्रमश : डीआइजी बमबहादुर भण्डारी,जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र एघारौ नम्बरमा विजयकुमार भट्ट रहेका छन् ।

डीआइनी नवराज सिलवालको मुद्धा अदालतबाट विचाारधिन रहेकोले एआइजीमा उनको नाम सिफारिस गर्न नसकिएको प्रहरी प्रधान कार्यलयले जानकारी गराएको छ । सिलवालको मुद्धाको सुनुवाइका लागि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले ७ जना न्यायाधीशको पेसी तोकेकी थिइन् । त्यसका लागि देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा, केदार चालिसे, सपना प्रधान मल्ल, दीपक कार्की, तेजबहादुर केसी, जगदिश शर्माको बृहत पूर्ण इजलास तोकिएको थियो । तर संसदमा प्रधानन्याधीश कार्कीविरुद्ध महाअभियोग लागेपछि उनले केही समय विश्राम लिएकी थिइन् । पछि सो महाभियोग प्रस्ताव सर्वोच्चले खारेज गरेपछि पुनः सर्वोच्च फर्केकी कार्कीले त्यसयता कुनै मुद्धा नहेरी उनी पदबाट बहिर्गमन भएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *