यस्तो छ आज सुनचाँदीको मूल्य

माघ १२, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । गएको शुक्रबार प्रतितोला ७५ हजार २ सय रुपैंयामा कारोकार भएको छापावाल सुन आईतबार ३ सय रुपैंयाले बढेर ७५ हजार ५ सय रुपैंया मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

त्यस्तै तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैंयामा कारोबार भइरहेको भने चाँदी ८ सय ९५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको  छ । चाँदी शुक्रबारको तुलनामा १० रुपैंयाले बढेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *