सरकारले जनतालाई निराश तुल्यायो

 

बैशाख १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले दुई तिहाइको तत्कालीन सरकारले जनतालाई निराश मात्रै तुल्याएको दाबी गरेका छन् । 

सोमबार प्रतिनिधि सभाको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् । 

null

संसदमा उनले भने, ‘बहुमतको सरकारमाथि जनताको धेरै अपेक्षा थियो । तर सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेन । निराश मात्रै बनायो । यो सरकार भ्रष्टाचारको काण्डै काण्डमा रुमलिएको छ ।’ 

यस्तै उनले संसदमा प्रमुख प्रतिपक्षीको भूमिका सशक्त रुपमा निर्वाह गर्ने पनि प्रतिबद्धता जनाए । 

बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने भनिएको प्रसंग निकाल्दै उनले विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पेर रकम खेर फालेको बताए । 

उनले आफैँले थालेको सामाजिक सुरक्षा कार्यक्रमलाई आफैंले थालेको भनेर कुप्रचार गरिएको भन्दै तिक्कतासमेत पोखे। 

सरकारले विकास गर्ने समय खेर फालेको उनको आरोप लगाउँदै भने, ‘सरकारको उपलब्धि निराशाजनक छ। विगतका सरकारले गरेको आयोजनाहरु उद्घाटन गरेर आफूले गरेको भन्दै प्रचार बाहेक केही गरेको छैन । बैदेशिक व्यापार घाटा बढ्दै गएको छ ।’ 

उनले बालुवाटारको जग्गा भूमाफियाले कब्जा गरेको हो कि कसले यसमा छानविन गर्न पनि माग गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *