मेरी ‘आमा’

२०७६ वैशाख २१ गते

‘हलो’को पछीपछी ‘हिड्थिन’उनी ‘हिडेको’ ठाउँमा ‘मकै’ उमृन्थे।‘कोदालो’को पछीपछी ‘घिसृन्थिन’उनी ‘घिस्रेको’ ठाउँमा ‘कोदो’ उम्रिन्थ्यो।‘बाउँसे’को पछीपछी ‘धर्ती’ छुँदै हिड्थिनउनले ‘छोएको’ ठाउँमा ‘धान’ उम्रिन्थ्यो’।
खोरियामा छमछम चुरा बजाउथिनउनले चुरा बजाको खोरियामा गहत,दाल फिलङ्गे उमृन्थ्योकहिले बाख्रा र गाइको पछि पछि कहिले बैनी र मेरो पछि पछि डोको भरी घाँस र दाउरा पोल्टाभरी भुटेका मकै कलेटी ओठ,मन भरी ममता कहिले टुटेनन।
अहिले मेरि आमा ‘हिड्न,बस्न,छुन’ देख्न नसक्ने हुँदै जादैछिन‘सायद!त्यही भएर बारिमा केही’ उम्रिनै छोड्यो !तर अझै पनि मनभरी ममता आखाभरी सपना उहि उस्तै आकृतीमा तिनै गाउबेसी हुँदै खेली रहेकाछन।मेरि आमा कोटि नमन।
null

२०७६ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित