सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटल बीच सम्झौता

पुष २२, काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्यउपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेकाछन् । 

सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता लेनेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्ने छन् । साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउँन सक्नेछन् । 

ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटि हस्पिटलले विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *