एनसेल मुख्यालय गेटमा बम विस्फोट गराउने विप्लव समूह नै भएको प्रहरी निष्कर्ष

काठमाडौं । एनसेलको मुख्यालयको गेटमा बम विस्फोट गराउने समूह नेत्रविक्रम चन्द नेतृत्वको समूह नै भएको प्रहरीले निष्कर्ष निकालेको छ । पक्राउ परेका व्यक्तिको बयानका आधारमा विप्लव समूहले नै विस्फोट गराएको प्रहरी उच्च स्रोतले जानकारी दियो । 

ललितपुरमा रहेको एनसेलको गेटमा शुक्रबार बेलुका बम विस्फोट हुँदा एकजनाको मृत्यु भएको थियो भने दुइजना घाइते भएका थिए ।  

यसअघि आइतबार पनि गृहमन्त्री रामबहादुर थापा बादलले संसदीय समितिमा आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहबाट विस्फोट गराइएको भन्ने सूचना आएको जानकारी गराएका थिए । उनले अहिलेसम्म १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको जानकारी दिएका थिए । 

null

त्यसमध्ये केहीलाई पक्राउ गरेर छाडिएको छ भने तीनजना अहिले पनि ललितपुर प्रहरीको नियन्त्रणमा रहेका छन् । उनीहरुसँग बयान लिने काम भइरहेको प्रहरी स्रोतले जानकारी दियो । “उनीहरुसँगको प्रारम्भिक बयानका आधारमा पनि विप्लव नेतृत्वको समूहले नै विस्फोट गराएको पाइएको छ,” प्रहरी स्रोतले भन्यो । 

यसअघि पनि विप्लवका केही नेताहरुले घटनाको जिम्मेबारी लिएका थिए ।  प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जुनसूकै समूह भए पनि तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा ल्याइने बताए । उनले अनुसन्धानपछि प्रमाणका आधारमा जो सुकै भए पनि कारवाही हुने बताए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *