कतै निर्मला हत्याकाण्ड जस्तै सेलाउने त हाेइन रिना हत्या प्रकरण ?

 

बैशाख १३, काठमाडौं । मोरङको पथरीशनिश्चरे–१ त्रिवेणी चोकमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी रिना बस्नेतको पोष्टमार्टम रिपोर्ट बाहिरिएपछि अनुसन्धान अझै लम्बिने देखिएको छ । 

केही दिनअघि मात्रै सिसीटिभी फुटेज बाहिरिँदा थप सशंकित बनेको हत्या घटनामा रिनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएसँगै हत्यारासम्म पुग्ने अपेक्षा पुनः अस्ताएको छ । 

null

सबैले पोष्टमार्टम रिपोर्टपछि घटना बाहिरिने अपेक्षा गरेका थिए । तर उनको रिपोर्टमा बलात्कार नभएको पुष्टि भएपछि सबै आश्चर्यमा परेका छन् । अधिकांशले उनको बलात्कारपछि हत्या भएको आशंका गरेका थिए । तर सबैको आशंका गलत सावित भएको छ । 

बुधबार सार्वजनिक भएको मुख्य बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेजमा एक व्यक्तिले रिक्सामा हालेर केही शंकास्पद वस्तु बेरेर लगेको देखिन्छ । उक्त फुटेजमा नकाब लगाएका एक पुरुषले शङ्कास्पद वस्तु बेरिएको ठेला चलाएका छन् । यसबारे प्रहरी अनुसन्धान गरिरहेको छ । 

 

घटना भएको एक हप्ता बित्नै लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा स्थानीय त्रास र आक्रोशमा छन् । कतै यो घटना पनि निर्मला बलात्कार तथा हत्या काण्डजस्तै सेलाउँदै जाने त होइन ? भन्ने सबैको मनमा आशंका उब्जन थालेको छ ।  

प्रहरीले पनि हत्या प्रकरणको छानविन तीव्र बनाएको छ । अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाडेको छ । 

तर रिनासँग चिनजान र घुमफिर भएपनि हत्या नगरेको बयान दिएका मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई भने प्रहरीले नियन्त्रणमै राखेको छ । 

गत शनिबार २९ वर्षीय रिना बस्नेता आफ्नै कोठा अगाडी निर्वस्त्र अवस्थामा सडकमा मृत फेला परेकी थिइन् । बस्नेतका श्रीमान् रोजगारीका क्रममा विदेशमा रहेका छन् । मृतक रीना १४ वर्षीय छोरासँगै डेरामा बस्थिन्। उनले कस्मेटिक पसल सञ्चालन गरेकी थिइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *