राधिका आप्टे ३४ वर्षमा, यस्तो छ उनको फिल्मी यात्रा
भाद्र २१, काठमाडाैं । भारतीय फिल्म क्षेत्रमा फरक अभिनय र भूमिकाबाट चर्चामा आएकी नायिका राधिका आप्टे ३४ वर्ष पुगेकी छिन् । सन् २००५ बाट बलिउडमा पाइला चालेकी राधिका ठूलो संघर्षबाट स्थापित कलाकार हुन् ।
प्रायः बोल्ड र फरक भूमिकामा पर्दामा आउने राधिकाका केहि यस्ता फिल्म छन् जसले उनलाई दर्शकको मन मुटुमा बसाउन सकेका छन् । साहिद कपुरसँग वाह लाइफबाट बलिउडमा पाइला राखेकी राधिकालाई दर्शकले सन् २०११ मा आएको शोर इन द सिटी फिल्मबाट मन पराए । उक्त फिल्ममा उनले निर्वाह गरेकोलाई दर्शकले रुचाए । प्रायः फरक धारका फिल्ममा देखापर्ने राधिकाको माझी फिल्मले भारतीय फिल्म समिक्षकलाई उनको सुन्दरता र अभिनय क्षमताले हायलकायल बनाइदियो । सेक्स स्टोरीमा बनेको पार्चेड फिल्मले उनको उचाइ बढाउँदा धन्धाधुन, लस्ट स्टोरी, प्याडमेन, फोविया, बदलापुर हिट भए । उनले नेटफ्क्लिक्सका सिरिजहरुमा समेत अभिनय गरिन् ।
राधिकाले धेरै बोल्ड दृश्यहरू गरिसकेकी छिन् । उनले अभिनय गरेको सबै भन्दा खास पार्चेड र द वेडिंग गेस्ट हो । यी चलचित्रमा उनले धेरै बोल्ड दृष्य दिएकी छिन् । राधिकाले हिन्दी, तेलगु, तमिल, मलायम, बंगाली, मराठी तथा अंग्रेजी भाषाका धेरै फिल्ममा अभिनय गरेकी छिन् । उनले माझी द माउन्टेन, पाचर्ड, प्याडमेनबाट भारतीय फिल्मको प्रतिष्ठित अवार्ड समेत प्राप्त गरेकी छिन् ।
राधिका सोशल मीडियामा पनि धेरै सक्रिय छिन् । प्रशंसकहरूको एक ठूलो संख्या राधिकालाई फलो गर्दछन् । २०१५ मा अनुराग कश्यपले निर्माण गरेको सर्ट फिल्ममा राधिकाले दिएको केहि बोल्ड दृष्यले उनलाई विवादित बनायो । सन् २०१२ मा बेनिडिक्ट टेलरसँग बैवाहिक सम्बन्ध कायम गरेकी राधिकालाई भारतीय चलचित्र क्षेत्रमा बोल्ड र फरक भूमिका गर्ने कलाकारका रुपमा चिनिन्छ ।
हेर्नुहोस उनका केहि बोल्ड तस्विरः