रोयल इन्फिल्ड ‘ट्रेजर हन्ट राइड २०१८’ सम्पन्न

पुस ८, काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइल्सले आज रोयल इन्फिल्ड ‘ट्रेजर हन्ट राइड २०१८’ सम्पन्न गरेको छ । राजधानीको बालाजु स्थित रोयल इन्फिल्ड मोटरसाइकलको शोरुम बाट सुरु भएको हन्ट राइड धुलिखेल पुगेर सम्पन्न भएको थियो । 

विभिन्न पहेलिहरु हल गरी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विश्व सम्पदा परिक्रमा गरी सहभागीहरु सल्लाधारीमा जम्मा भएका थिए । १३५ रोयल इन्फिल्ड मोटरसाइकलमा सवार लगभग २०० राइडरको नेतृत्व गर्दै रोड क्याप्टेन रमेश अवाले सल्लाधारी बाट हिमालयन मोटरल्याण्ड धुलिखेल पुगेका थिए । 

 

null

कार्यक्रममा गाईड द ब्लाइन्ड, टग अफ वार, स्याक रेस र स्लो रेस जस्ता भाइचारा अनि आपसि मेल बढाउने खेलहरु समावेस गरीएका थिए । तुल्सी मान अधिकारी, प्रताप बश्नेत, आशिष के सी र कृष्ण अधिकारी गाईड द ब्लाइन्ड खेलका बिजेता भए भने तुल्सीमान अधिकारी, पुष्प कटुवाल, कृष्ण श्रेष्ठ, पुजन कटुवाल, लक्षमन कटुवाल टग अफ वार खेलका बिजेता भए । 

त्यस्तै स्याक रेस खेलमा प्रविन क्षेत्रि प्रथम, राहुल खड्का दोस्रो, तथा आशिष के सी तेश्रो भए । स्लो रेसमा राम बिक्रम थापा प्रथम, प्रताप बश्नेत दोस्रो तथा बिजय सुनुवार तेश्रो भए । यता ट्रेजर हन्ट राइड २०१८मा सुजल बैध्य प्रथम, धर्म राज राई दोस्रो तथा राजेन्द्र भण्डारी तेश्रो भए । 

बिजेताहरुलाई हिमालयन मोटरल्याण्डका इन्चार्ज निरोज खडका, रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघ राज पौडेल, रोयल इन्फिल्डका प्रबन्धक रुद्र जंग शाह र सरोज खडकाले ट्रफी तथा मेडलले सम्मान प्रदान गरेका थिए । सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना तथा स्वस्थ्य जीवन शैलीको सन्देश प्रवाह गर्ने ¥यालिको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *