लाजिम्पाटमा तेस्रोलिंगीको मृत्यु: परिवार भन्छन्, ‘हत्या भयो’

 

फागुन २७, काठमाडौँ । लाजिम्पाट बस्दै आएका एक जना तेस्रोलिंगीको शंकास्पद मृत्यु भएको छ । 

पोखरा स्थायी घर भइ हाल लाजिम्पाट बस्दै आएका ३१ वर्षीय जीवन गुरुङ आफ्नै कोठाभित्र मृत फेला परेका हुन् । 

null

महानगरी प्रहरी वृत्त, दरबारमार्गका अनुसार जीवनका परिवारले उनको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । मृत गुरुङको निधारमा चोट देखिएकाले तेस्रोलिंगी समाजले घटनालाई शंकास्पद मानेको छ । 

गुरुङको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । गुरुङको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *