कोरोना नियन्त्रणमा खटिनेका लागि २५ लाखसम्मको नि:शुल्क बीमा

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिनेका लागि २५ लाखसम्मको नि:शुल्क बीमा गर्ने भएको छ ।   

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका बेला अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिको बीमा गरिदिने भएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो घोषणा गरेको हो ।   

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा मन्त्री युवराज खतिवडाले सो कुराको जानकारी दिए ।   

null

उनले कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य स्वयंसेविका तथा स्वायंसेवक, स्वास्थ्य प्राविधि र सरसफाइमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई निःशुल्क बीमा गरिदिने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *