कोरोना अस्पतालमा मृत्यु भएका युवाको नतिजा नेगेटिभ

चैत १२, चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बिरामी कोरोना संक्रमित नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । 

आइतबार अस्पताल भर्ना गरिएका वीरगञ्जका ३० वर्षीय युवाको मंगलबार बिहान अस्थायी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । अस्थायी अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारका अनुसार लुपस नामक रोगले पीडित ती युवा केही समयदेखि मिर्गौला र फोक्सोको समस्याले ग्रसित थिए ।   

उपचारका लागि उनलाई वीरगञ्जबाट उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । ज्वरो र निमोनिया देखिएपछि कोरोनाको आशंकामा कोरोना उपचार अस्पताल ल्याइएको थियो ।   

यसैबीच भरतपुर अस्पतालले आइतबार कोरोना संक्रमण परिक्षणका लागि टेकु पठाएको ८ वटै नमुना नेगेटिभ आएको छ । यसअघि परिक्षण गरिएका ४ वटा नमूनाको नतीजा पनि  नेगेटिभ आएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *