भक्तपुरमा ट्रकले ठक्कर दिदाँ पैदलयात्रुको मृत्यु

  

बैशाख ४, काठमाडौँ । भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा.५.ख ३८३९ नं.को निशान ट्रकले ठक्कर दिँदा ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको ज्यान गएको हो ।स्थानिय घर रामेछाप सुनपाती गाउँपालिका–३ घर भएका मोक्तान हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्दै आईरहेका थिए । 

null

उनलाई मंगलबार राती करिब ७ बजेतिर ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको क्रममा मध्यपुर अस्पताल ठिमीमा गएराती उनकाे मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानाएका छन् । 

ट्रकका संचालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपाली रहेका छन् । चालक र ट्रकलाई नियन्त्रणमा लिई कारवाही अघि सारिएको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *