प्रधानमन्त्रीको भनाईः आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती

 

चैत्र ३०, काठमाडौं । आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

शनिबार बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ नामक पुस्तकको अंग्रेजी संस्करणको विमोचन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । 

null

प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोतबिना ज्ञान प्राप्त गर्नु अनौठो विषय भएको बताए । 

‘ज्ञान प्राप्तिका लागि ज्ञानको स्रोत अनिवार्य छ तर, आदित्यले स्रोत विनानै ज्ञान प्राप्त गरेका छन् ।’ प्रधानमन्त्री ओलीले भने ‘विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो ।’ उनले भने । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकहरुलाई आदित्यको स्रोतबिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *