शालिकराम पुडासैनी आत्महत्या प्रकरणः निकिताले दिईन् श्रेष्ठसहित तीन जनाबिरुद्ध जाहेरी

भाद्र ४, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका जनप्रिय पत्रकार रबी लामिछानेको श्रीमती निकिता पौडेलले तीन जना बिरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् ।   

निकिताले  बुधबार रवि लामिछानेको मुद्दामा विद्युतीय प्रमाण किर्ते गरेको भनी महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंमा निकिताले  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिएकी छिन् ।   

निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेको हो ।   

पत्रकार  पुडासैनीले जीवनत्याग अघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछी लामिछाने सहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *