‘क्लिन फिड’ मा सञ्चारमन्त्रीको उही अडानः पछि हट्न सकिँदैन

 

साउन ६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘विज्ञापन निमयमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागु गराउने प्रावधान हटाउन नसकिने बताएका छन् । 

संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । 

null

‘संशोधनमा क्लिनफिड नै हटाउनुपर्छ, लागू गर्नु हुन्न भनेर समेत आएको छ। यस्तो संशोधन ल्याउनु अधिकार हो, ठीकै छ। तर सरकारले यो कुरा मान्नै सक्दैन’, मन्त्री बाँस्कोटाले भने। 

बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाले सो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन संशोधन प्रस्ताव राखेका थिए । मन्त्री बाँस्कोटाले भने उक्त संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने भन्दै आफ्नो अडान कायम राखे । 

नेपालको हितलाई प्रवद्र्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको सो प्रावधान हटाउन नसकिने मन्त्री बाँस्कोटाले स्पष्ट पारे । 

उनले क्लिन फिड मुलुकको राष्ट्रियता र रोजगारीसँग जोडिएको उनको भनाइ छ । 

बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सबैले व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित सरकारले सो विधेयकमा क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान राखेकोमा आपत्ति जनाउँदै हटाउन माग गरे । 

बाह्य पर्यटक भित्र्याएर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि क्यासिनोहरुको विज्ञापन गर्न पाउने व्यवस्था गर्न उपयुक्त हुने उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *