थाकेका छैनन् डा. गोविन्द केसी, आठ बुँदे मागसहित सडकमा उत्रिए

काठमाडौं, साउन १ । त्रिवि शिक्षण अस्पताल हाडजोर्नी विशेषज्ञ प्रा. डा.गोविन्द केसी साउन ९ गतेदेखि फेरी आमरण अनसन बस्ने भएका छन् । सरकारले पटकपटकट आफ्नो मागहरुप्रति बेवास्ता गरेको भन्दै पुनः अनशन बस्न लागेको बताएका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आगामी साउन ९ गते दिउँसो चार बजेदेखि आमरण अनशन बस्ने औपचारिक घोषणा समेत गरेका छन् । चिकित्सा शिक्षा ऐन पारित र चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्नुपर्ने माग राख्दै उनी पटक पटक आमरण अनशन बसिसकेका छन् ।

उनले आमरण अनशन बस्नपूर्व त्रिविको आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुुपर्ने,आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्नुपर्ने मागहरु राखेका छन् ।

सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल तत्काल खारेज गर्नुपर्ने उनले विज्ञप्तिमार्फत बताएका छन् ।
शिक्षा क्षेत्रमा चरम लापरबाहीसँगै लुटतन्त्र मच्चिएकोभ भन्दै उनले यसअघि देखि नै एमडी, एमएस र एमडीएस तहको शुल्क काठमाडौ विश्वविद्यालय जसरी नै २२ लाख तोकिनुपर्ने अडान राख्दै आएका छन् ।

उनले ८ बुँदे माग अघि सार्दै आयोगको प्रतिवेदन अनुसार आफूहरुले दिएको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने पहिलो माग छ ।

उनले डीनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने, विगतको सहमति अनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्वन्धी मागहरु राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *