आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्छः महामन्त्री कोइराला

कात्तिक १९, चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । 

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गरे । 

उनले काङ्ग्रेसको महासमिति बैठकका विषयमा केन्द्रिय कार्यसमितिमा छलफल नभएका कारण बैठक सर्ने जानकारी दिए । महासमिति बैठक एक हप्तादेखि १० दिन पछिसम्म सर्न सक्ने उनले बताए । 

null

महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताए । 

काङ्ग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै उनले भने, “नेकपा एमाले र माओवादी मिल्दा पनि काङ्ग्रेस एकबद्ध भएको खण्डमा काङ्ग्रेसलाई जित्न सक्दैनन् ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *