किसान सहकारीको अध्यक्षमा सुरेन्द्र कुमार शाह

फागुन ११, लम्की । कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालय रहेको किसान बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह विजयी भएका छन् । शनिबार भएको  मतदानको आईतबार विहान सम्पन्नं मतपरिणाम अनुसार संस्थाको अध्यक्षमा दोस्रो कार्यकालको लागि शाह र्निविरोध निर्वाचित भएका हुन । 

संस्थाको उपाध्यक्षमा टीकेन्द्र थापा र कोषाध्यक्षमा मयाराम धमाला समेत र्निविरोध निर्वाचित भएका हुन् ।   

यस्तै संस्थाको सचिवमा लोकराज तिमिल्सैना, सह–सचिवमा दिनेश कुमार चलाउन, सदस्य पदमा सरोज कुमार शाह, मनिष न्यौपाने, पतिराम चौधरी, जयरुप बुढा, शिव बहादुर स्वार र चन्द्रा सिह निर्वाचित भएका छन ।   

null

संस्थाको नयाँ नेतृत्वको लागि भएको मनोनयन दर्तामा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा एक÷एक जना उम्मेदावारको मात्र उम्मेदारी परेको थियो ।   

यस्तै एक सचिवको लागि भएको निर्वानमा लोकराज तिमिल्सैना र महेश बहादुर रावल गरी २ जना र एक जना सहसचिवको लागि शुभनाथ देवकोटा र दिनेश कुमार चलाउने गरी २ जनाले चुनावी प्रतिस्प्रधामा रहेका  थिए । 

यसै गरी ५ जना सदस्यपदका लागि भएको निर्वानमा मनिराम न्यौपाने (मनिष), पूर्णप्रसाद जैशी, देवानन्द जैशी बजगाई, जयरुप बुढा, शिवबहादुर स्वाँर,  पतिराम चौधरी, सरोज कुमार शाह, रंगप्रसाद धमाला, केशवराज बजगाई, उमाकान्त जैशी तिमिल्सैना, रविलाल शर्मा कडेल गरी १२ जनाले चुनावी प्रतिस्प्रधामा थिए ।   

एक जना महिला सदस्य पदको लागि भएको निर्वाचनमा रमा खड्का र चन्द्रा सिंह गरी २ जना जनाले चुनावि प्रतिस्प्रधामा रहेका  थिए । 

तीन सदस्यिय लेखा समितिमा संयोजक नृप बहादुर कुवँर, सदस्यमा तेजबहादुर थापा र मानसिंह भुल र्निविरोध निर्वाचित भएका छन् ।   

एक जना जिल्ला प्रतिनिधिका लागि भएको मतदानमा समेत विष्णुभक्त शर्मा ढकाल र्निविरोध निर्वाचित भएको किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीका महा प्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *