दिनदाहडै रिलायन्स सिमेन्टका कर्मचारी लुटिए
मकालु खबर
२०७६ असोज ९ गते
असोज ९, काठमाडौँ । रुपन्देहीमा लुटेराहरुले टाउकोमा हेलमेट प्रहार गरि रिलायन्स सिमेन्ट कम्पनीका एक कर्मचारीको ६ लाख लुटेका छन् ।
बिहिबार दिउँसो दुई जनाको समूहमा आएका लुटेराले रिलायन्स सिमेन्ट कम्पनीमा कार्यरत अनिश त्रिपाठीको ६ लाख लुटेका हुन् ।
रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गरेका त्रिपाठीलाई टाउकोमा हेलमेटले हानेर ६ लाख रकम लुटी लुटेराहरु फरार हुन सफल भएको प्रहरीले जनाएको छ ।
हाल घटनाबारे अनुसन्धान भईरहेको र ती लुटपाटमा संलग्न व्यक्तिहरुको तीब्र रुपमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित