शुभ प्रभात कृषि सहकारी संस्थाको पाचौँ वार्षिक साधारण सभा सम्पन्न

फागुन ११, बौनिया । कैलालीको बर्दगोरीया गाउँपालिका वडा नं. ५ भुरुवा स्थित शुभ प्रभात कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । 

कार्यक्रममा आर्थिक वर्ष २०७५÷०७६ को शुभ प्रभात कृषि सहकारीका व्यवस्थापक सिव नारायण कठरीयाले ४३ लाख ,१० हजार, ३ सय १४ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।   

यसका साथै कार्यक्रममा नयाँ कार्य समिति पनि चयन गरिएको छ । जसको अध्यक्षमा पुनः बाल चन्द्र कठरीयालाई निर्विरोध चयन गरीएको हो ।   

null

उपाध्यक्षमा राजेश कुमार चौधरी, सचिवमा रमेश कुमार कठरीया, कोषाध्यक्षमा विनु देवी कठरीया छन ।   

सदस्यहरुमा ईन्दु कुमारी चौधरी, तिलक राम कठरीया, मिनराज कठरीया, युवराज कठरीया, र सुवेश कठरीया रहेका छन् ।   

लेखा समिति संयोजकमा कमेश राज कठरीयाछन् । सदस्यहरुमा धिरेन्द्र चौधरी र मथुरी देवि चौधरी रहेका छन् । ऋण संयोजकमा बाधुराम चौधरी रहेका छन् ।   

सदस्यहरुमा राम चन्द्र डगौरा र रवर सिंह कठरीया छन् ।   

कार्यक्रमको संचालन उपाध्यक्ष राजेश कुमार चौधरीले गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *