प्रहरी निरीक्षकले हत्याका अभियुक्त भगाएको पीडितको आरोप

कात्तिक १६, विराटनगर । इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले स्थानीय खलिल मियाँका परिवारलाई दुर्व्यवहार गरेको भन्दै पीडितहरुले न्याय माग गरेका छन् । 

विराटनगर १७ का स्थानीयवासी खलिल मियाँका परिवारले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी रानीका ईन्स्पेक्टर निरौलाले आफ्ना छोराका हत्यामा पहिचान भएका मुख्य अभियुक्तलाई समेत थुनुवा कोठाबाटै भगाएको आरोप लगाएका हुन् । 

गत असोज १ गते विश्वकर्मा पुजाको दिन विराटनगर १७ का १७ वर्षीय असफाक आलमको उनकै छिमेकी मोहम्मद सद्धिम हुसेन र मोहम्मद आरिफ आलमले अपहरण पछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । २ सातापछि हत्यामा संग्लन दुई अभियुक्तलाई पक्राउ गरी सार्वजनिक समेत गरेको थियो । 

null

अभियुक्तहरुलाई पुनः इलाका प्रहरी कार्यालय रानी थानाको हिरासतमा राखिएको थियो तर प्रहरी हिरासतबाटै प्रहरीले आफ्ना छोराको हत्यामा संग्लन दुई अभियुक्तलाई ईन्सपेक्टरको मिलेमतोमा भगाएको मृतकका बुबा खलिल मियाँले दाबी गरे । 

अभियुक्तहरु गत कातिक ८ गते बिहीबार मध्यराती थुनुवा कोठाको भेन्टिलेटरको रड काटेर भागेका थिए । 

यता इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले भने पीडित पक्षले लगाएको आरोप गलत भएको बताएका छन् । 

छानविन समितिले थुनुवा कक्षबाट कैदीहरु मिलेमतोमा भगाएको प्रमाण फेला पारे कारबाही भोग्न तयार रहेको निरौलाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *