ग्राहकको विवरण नै नराखी सिमकार्ड बेचेको आरोपमा खत्री र दाहाल पक्राउ
मकालु खबर
२०७६ वैशाख १३ गते
बैशाख १२, काठमाडौं । सिमकार्ड दुरुपयोग गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको हो ।
null
पक्राउ पर्नेमा दोलख वैतेश्वर घर भई काठमाडौं बालाजु बस्दै आएका ४६ वर्षीय दिलबहादुर खत्री र दोलखा वैतेश्वर नै घर भई बालाजु बस्दै आएका २० वर्षीय राजकुमार दाहाल रहेका छन् ।
यसरी विवरण उल्लेख नगरी सिमकार्ड बेच्दा अपराधीलाई सहज हुने अवस्था रहेका कारण उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
उनीहरुलाई दुरसञ्चार ऐन,२०५३ अन्र्तगत कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित