शिवरात्रीको अवसरमा एलआईसी नेपालद्वारा पानी तथा भोजन वितरण

फागुन ८, काठमाडौं । एलआईसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्दै शुक्रबार शिवरात्रीको अवसरमा पानी तथा भोजन वितरण गरेको छ । एलआईसी नेपालले आज  महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको हो ।   

मन्दिर परिसरमा स्टल नै राखेर आज दिनभरि नै भक्तजनहरुलाई सेवा प्रदान गरिने  एलआईसी नेपालका सिईओ लक्ष्मी प्रसाद दासले बताए ।  उनका अनुसार  विगत आठ वर्षदेखि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यसरी नै  एलआईसी नेपालले हरेक वर्ष  पानी तथा भोजन बितरण गरिँदै आईरहेको छ ।   

आज करिब छ हजार जनालाई पानी तथा भोजन खुवाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *